News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुरबाट प्रहरीले करिब २० क्विन्टल गाँजा बरामद गरेको छ।
- गोप्य सूचनाका आधारमा प्रहरीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गर्दा ६४ पोका गाँजाजस्तो देखिने पदार्थ फेला पारेको छ।
- बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ।
४ असोज, काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुरबाट करिब २० क्विन्टल गाँजा प्रहरीले बरामद गरेको छ ।
डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको सप्तरी प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो ।
सो क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको हो ।
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4