+

२०औं एसियन गेम्स : मिनबहादुरले पनि जित्न सकेनन् पदक

२०८३ असोज  ४ गते १३:२६ २०८३ असोज ४ गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ६० केजीमूनि तौल समूहमा मिनबहादुर तामाङ साउदी अरेबियाका अब्दुलअजिज अल्बाशेर बीसाउदसँग २-० ले पराजित भए ।
  • मिनबहादुरको पराजयसँगै नेपालले उक्त तौल समूहमा पदक जित्ने सम्भावना सकिएको छ ।
  • यसअघि पुरुष कुमिते ५५ केजीमूनि तौल समूहमा राकेश मान्धर मलेसियाका थेवेन्द्रन कालियाना सुन्दरमसँग ९-१ ले पराजित भएका थिए ।

४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कुमिते ६० केजीमूनिको तौल समूहमा पनि नेपालले कुनै पदक जित्न सकेन ।

कास्य पदकको प्रतिस्पर्धामा नेपालका मिनबहादुर तामाङ साउदी अरेबियाका अब्दुलअजिज अल्बाशेर बीसाउदसँग २-० ले पराजित हुन पुगे ।

योसँगै मिनबहादुरको पदक जित्ने सम्भावना सकिएको छ । यसअघि उनी सेमिफाइनलमा पराजित भएका थिए ।

यसअघि पुरुष कुमिते ५५ केजीमूनिको तौल समूहमा नेपालका राकेश मान्धर मलेसियाका थेवेन्द्रन कालियाना सुन्दरमसँग ९–१ ले पराजित हुँदै बाहिरिएका थिए ।

२०औं एसियन गेम्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय