News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार चिनियाँ र नेपाली दुवै थरी सुकेको लसुनको भाउ बढेको छ।
- चिनियाँ सुकेको लसुनको भाउ प्रतिकिलो ६ रुपैयाँ बढेर २ सय ४१ रुपैयाँ पुगेको छ।
- नेपाली सुकेको लसुनको थोक भाउ प्रतिकिलो २ सय १५ रुपैयाँ पुगेको छ।
४ असोज, काठमाडौं । बजारमा सुकेको लसुनको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार चिनियाँ र नेपाली दुवै थरी सुकेको लसुन महँगिएको हो ।
आज चिनियाँ सुकेको लसुनको भाउ किलोमा औसत ६ रुपैयाँ बढेको छ । हिजो शनिबार प्रतिकिलो २ सय ३५ रुपैयाँ रहेको चिनियाँ लसुनको भाउ आज २ सय ४१ रुपैयाँ पुगेको छ ।
त्यसैगरी नेपाली सुकेको लसुनको भाउ पनि बढेको छ । आज नेपाली सुकेको लसुन थोकमा किलोको २ सय १५ रुपैयाँ कायम छ । हिजो शनिबार भने उक्त लसुन प्रतिकिलो २ सय ११ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4