News Summary
Generated by OK AI. Editorially reviewed.- ‘कमेडी च्याम्पियन’को चौथो सिजन शनिबारदेखि प्राइम टिभीमा प्रसारण सुरु भएको छ, जसमा बुद्धि तामाङ नयाँ जजका रूपमा जोडिएका छन् ।
- शोमा निर्देशक विशाल भण्डारी, अभिनेत्री ऋचा शर्मा र अभिनेता जितु नेपाल पनि जज छन्, भने होस्टमा नम्रता श्रेष्ठ छिन् ।
- निर्देशक भण्डारीका अनुसार सोमबारसम्म उत्कृष्ट २४ का प्रस्तुति प्रसारण हुने र अर्को सातादेखि उत्कृष्ट १५ सहित नियमित शो सुरू हुनेछ ।
काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को चौथो सिजन शनिबारदेखि प्रसारण सुरु भएको छ । यसपटक शोमा चार जना जज छन् । अभिनेता बुद्धि तामाङ नयाँ जजका रूपमा शोमा जोडिएका छन् ।
अन्य जजमा शोका निर्देशक विशाल भण्डारी, अभिनेत्री ऋचा शर्मा र अभिनेता जितु नेपाल छन् । शनिबार राति ग्रान्ड शोको प्रिमियर गरिएको थियो, जहाँ उत्कृष्ट २४ मा छनोट भएका प्रतियोगीले स्ट्यान्ड-अप कमेडी प्रस्तुत गरे ।
निर्देशक भण्डारीका अनुसार सोमबारसम्म उत्कृष्ट २४ का प्रतियोगीको प्रस्तुति प्रसारण हुनेछ । त्यसपछि अर्को सातादेखि उत्कृष्ट १५ प्रतियोगीको प्रस्तुतिसहित शनिबार र आइतबार राति नियमित रूपमा शो प्रसारण हुनेछ ।
उत्कृष्ट १५ को छायांकन आइतबारदेखि सुरु हुँदैछ । उत्कृष्ट १५ बाट १० प्रतियोगी छनोट गर्दा दर्शकको भोटसमेत प्रयोग गरिनेछ ।
चौथो सिजनको सेट र प्रस्तुतिमा पनि नयाँपन दिइएको छ । ‘कमेडी नाइट विथ च्याम्पियन्स’को भव्य सेटछेउमा तयार पारिएको अर्को सेटमा ‘कमेडी च्याम्पियन’को छायांकन भइरहेको छ ।
अघिल्लो सिजनमा तीन जना जज रहेकोमा यसपटक चार जना छन् । कमेडीको शैली र प्रस्तुतिमा विविधता ल्याउने उद्देश्यले जज प्यानलमा परिवर्तन गरिएको निर्देशक भण्डारीले बताए ।
यस सिजनको होस्टमा पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ छिन् ।
प्राइम टिभीमा ‘कमेडी च्याम्पियन’को चौथो सिजन प्रसारण भइरहँदा हिमालय टिभीमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ प्रसारण भइरहेको छ ।
प्रतिक्रिया 4