+
+
Shares

सामसङ नेपालको दसैं- तिहार अफर, दैनिक र साप्ताहिक उपहार जित्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङ नेपालले दसैं–तिहारका लागि ४ असोजदेखि ३० कात्तिकसम्म ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अफर सार्वजनिक गरेको छ।
  • अफरअन्तर्गत टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन र एसी खरिद गर्ने ग्राहक दैनिक र साप्ताहिक लक्की ड्रमा सहभागी हुन सक्नेछन्।
  • दैनिक ३१ विजेताले ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा ५५ इन्च यूएचडी टीभी, र साप्ताहिक ८ विजेताले १ टनको एसी जित्नेछन्।

४ असोज, काठमाडौं । सामसङ नेपालले दसैं–तिहारको अवसरमा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत सामसङका टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन र एसी खरिद गर्ने ग्राहकले दैनिक तथा साप्ताहिक लक्की ड्रमा सहभागी हुन सक्नेछन्।

अफर ४ असोज (२० सेप्टेम्बर) देखि  ३० कात्तिक (१६ नोभेम्बर) सम्म सञ्चालन हुनेछ। दैनिक ३१ जना विजेता छनोट हुनेछन्। उनीहरूले ९ केजी फ्रन्ट लोड वासिङ मेसिन वा ५५ इन्च यूएचडी टीभीमध्ये एक उपहार पाउनेछन्। यस्तै, साप्ताहिक ८ जना विजेताले १ टनको एसी जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुन ग्राहकले सामानमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी ‘सामसङ सिरियल नम्बर’ लेखेर ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ। विजेताको घोषणा हरेक बुधबार इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा गरिने सामसङले जनाएको छ।

‘अफरअन्तर्गत छनोट गरिएका टीभीमा अधिकतम २६ प्रतिशत, रेफ्रिजेरेटरमा २१ प्रतिशत र वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘रेफ्रिजेरेटर र वासिङ मेसिनमा क्रमशः ५ हजार र ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि पाइनेछ।’ छनोट गरिएका टीभीमा निःशुल्क साउन्डबार तथा वासिङ मेसिनमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्टसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

ग्राहकले हुलास फिनसर्भ हायर पर्चेजमार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाबाट १२ वा २४ महिनाको ईएमआई योजनामा उपकरण खरिद गर्न सक्नेछन्। पुराना उपकरण अकोस्टोर वा अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?