News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी २०औं एसियन गेम्समा जापानका ताकुमी होजोले पुरुष व्यक्तिगत ट्रायथलनमा ५२ मिनेट ५६ सेकेन्डमा स्वर्ण पदक जिते ।
- चीनका झाङ सिरुईले रजत र कजाकिस्तानका अरलान झानाबेले कांस्य जिते भने होजोले २०२८ लस एन्जलस ओलम्पिकका लागि योग्यता पनि हासिल गरे ।
- महिला व्यक्तिगत ट्रायथलनमा चीनकी लिन सिन्युले ५७ मिनेट ३७ सेकेन्डमा स्वर्ण जितिन् र ह्वाङ आन्चीले रजत पदक जितिन् ।
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्समा घरेलु टोलीले पहिलो स्वर्ण पदक जितेको छ । जापानका ताकुमी होजोले पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण पदक जितेका हुन् ।
उनले ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ हजार मिटर दौड निर्धारित ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे । उनी रजत पदक विजेता चीनका झाङ सिरुईभन्दा ९ सेकेन्ड अगाडि रहे । कजाकिस्तानका अरलान झानाबेले थप ६ सेकेन्ड पछि पर्दै कांस्य पदक जिते ।
होजोले स्वर्ण पदकसँगैसन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा सहभागिताका लागि समेत योग्यता हासिल गरेका छन् ।
महिला व्यक्तिगत ट्रायथलनमा भने चीनले पुरुषतर्फको नतिजाको उल्टो नतिजा निकाल्यो । लिन सिन्युले ५७ मिनेट ३७ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितिन् । उनले हाङझाउमा भएको पछिल्लो एसियाली खेलकुदमा जितेको रजत पदकलाई स्वर्णमा सुधार गरेकी हुन् ।
चीनकै ह्वाङ आन्चीले लिनभन्दा २१ सेकेन्ड पछि रहँदै रजत पदक जितेर चीनलाई स्वर्ण र रजत दुवै दिलाइन् । जापानकी मानामी हयाशीले ५८ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै कांस्य पदक जितिन् ।
प्रतिक्रिया 4