+

ज्ञानेन्द्र मल्ललाई रास्वपाको युवा, खेलकुद विभाग उपप्रमुखको जिम्मेवारी

२०८३ असोज  ४ गते १८:१० २०८३ असोज ४ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाको आइतबारको सचिवालय बैठकले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई युवा, खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखको जिम्मेवारी दिएको छ।
  • ज्ञानेन्द्र मल्ल गत फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाको समानुपातिक बन्द सूचीमा पनि थिए।

४ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को युवा, खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

आइतबार बसेको रास्वपाको सचिवालय बैठकले ज्ञानेन्द्रलाई युवा, खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।

ज्ञानेन्द्र यसअघि गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाको समानुपातिक बन्द सूचीमा समेत थिए ।

ज्ञानेन्द्र मल्ल रास्वपा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय