+
+
Shares

लागुऔषधका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै रकम लिने पक्राउ

धरौटीमा छुटाइदिने भन्दै उनीहरुले प्रतिवादीको आफन्तबाट ४ लाख ७९ हजार रुपैयाँ र ७ थान खाली चेक समेत लिएको पाइएको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लागुऔषधका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै ४ लाख ७९ हजार रुपैयाँ र ७ थान खाली चेक लिएको आरोपमा दुई जना पक्राउ परेका छन्।
  • प्रहरी वृत्त सिंहदरबारको टोलीले तारकेश्वरका ४२ वर्षीय हरि राम गिरी र सूर्यगढीका ३१ वर्षीय अजय थापालाई शुक्रबार काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ गरेको हो।
  • प्रहरीले उनीहरुविरुद्ध ठगीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

४ असोज, काठमाडौं । लागुऔषधका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीय हरि राम गिरी र नुवाकोटको सूर्यगढी गाउँपालिका–६ का ३१ वर्षीय अजय थापा छन् । उनलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले शुक्रबार काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ गरेको हो ।

धरौटीमा छुटाइदिने भन्दै उनीहरुले प्रतिवादीको आफन्तबाट ४ लाख ७९ हजार रुपैयाँ र ७ थान खाली चेक समेत लिएको पाइएको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध ठगीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?