News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाको राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठकले मनिष खनाललाई सचिवको जिम्मेवारी दिएको छ।
- समितिले संवैधानिक तथा कानुनी प्रावधान, अन्तर्राष्ट्रिय अभ्यास, सरोकारवालासँगको छलफल र सञ्चार समन्वयका लागि उपसमिति गठन गरेको छ।
- महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बनेको समितिको बैठकमा विभिन्न सदस्यहरू सहभागी भएका थिए।
४ भदौ, काठमाडौं । सत्तारुढ दल रास्वपाको राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण समितिले विभिन्न उपसमिति गठन गरेको छ। आज बसेको समितिको पहिलो बैठकले समितिको सचिव पदको जिम्मेवारी सांसद मनिष खनाल दिएको छ।
रास्वपाले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने संयन्त्रका रूपमा रास्वपाले ‘राइट टु रिकल’को अवधारणालाई अघि बढाउने भन्दै महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति दस्तावेजन निर्माण समिति बनाएको छ।
आजको बैठकले समिति मातहत रहने गरी विभिन्न विषयगत उपसमितिहरू गठनको निर्णय गरेको छ।
१) संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समिति – सुलभ खरेल र श्री गजला शमिम मिकरानी
२) अन्तराष्ट्रिय प्रचलित अभ्यास अध्ययन समिति – अनुष्का श्रेष्ठ
३) सरोकारवालाहरु सँगको छलफल समन्वय समिति- समीक्षा बास्कोटा र करिस्मा कठरिया
४) सञ्चार तथा मिडिया समन्वय समिति – प्रमोद न्यौपाने
आजको बैठकमामहामन्त्री विपिन कुमार आचार्यसहित समिति सदस्यहरू गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरियाको सहभागिता रहेको थियो।
प्रतिक्रिया 4