+
+
Shares

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्रीले गरे कांग्रेस नेताहरूसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री बालेन शाहले कांग्रेस नेताहरूलाई सिंहदरबारमा बोलाउनुभयो ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र विश्वप्रकाश शर्मासहित नेताहरूले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरे ।
  • प्रधानमन्त्री शाह भोलि अपराह्न संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ ।

५ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा कांग्रेस नेताहरू प्रधानमन्त्री शाहलाई भेट्न पुगेका थिए ।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री शाहले कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका थिए ।

छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?