+
+
Shares

राजपत्रमा प्रकाशित भएसँगै सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते २०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ र नयाँ दर कार्यान्वयनमा आएको छ ।
  • ३६५ दिनभन्दा बढी सेयर होल्ड गरी बिक्री गर्दा अब ३.५ प्रतिशत र ३६५ दिन वा कम होल्ड गरी बिक्री गर्दा ५ प्रतिशत कर लाग्ने भएको छ ।
  • यसअघि ३६५ दिनभन्दा बढी अवधिमा ७.५ प्रतिशत र ३६५ दिन वा कम अवधिमा १० प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको थियो ।

५ असोज, काठमाडौं । सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा सूचना प्रकाशित भएसँगै घटाइएको करको नयाँ दर कार्यान्वयनमा आउने भएको छ ।

सरकारले सेयर कारोबारबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा लाग्ने अग्रिम करको दर घटाएर ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गरी बिक्री गर्दा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गरी बिक्री गर्दा ५ प्रतिशत कायम गरेको हो ।

यसअघि ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गर्ने लगानीकर्ताले नाफामा ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिमा बिक्री गर्ने लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । नयाँ व्यवस्थाले दुवै अवधिको करको दर घटाएको छ ।

मन्त्रिपरिषद्को भदौ ३१ गते बसेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार करको नयाँ दर कायम गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हित अर्थात् धितोपत्र बिक्रीबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा धितोपत्र बजारको कार्य गर्ने निकायमार्फत उक्त अग्रिम कर असुल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?