+
+
Shares

पार्टी नेतृत्व सफल वा असफल भन्ने कुरा घामझैं झर्लङ्ग छ : राजेन्द्र राई

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सांसद राजेन्द्रकुमार राईले केपी शर्मा ओलीको नेतृत्वमा पार्टी सफल वा असफल भएको कुरा जनताले प्रष्ट देखेको बताएका छन् ।
  • राईले एमालेको हारका कारण र जिम्मेवार पक्ष पहिचान गर्ने आन्तरिक समीक्षा प्रतिवेदन तयार भई केन्द्रीय कमिटीमा प्रस्तुत हुने बताए ।
  • भरत दाहालको पक्राउको विरोध गर्दै राईले लोकतन्त्रमा नागरिकले लेख्न र बोल्न पाउनुपर्ने बताएका छन् ।

५ असोज, काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी सफल भएको वा नभएको भन्नेबारे जनताले प्रष्ट देखेको दाबी गरेका छन् ।

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले पार्टीको आन्तरिक समीक्षा प्रतिवेदनले एमालेको हारका कारण र जिम्मेवार पक्षहरूलाई उजागर गरिसकेको बताए ।

ओलीको नेतृत्वमा पार्टी असफल भएको हो वा होइन भन्ने प्रश्नमा राईले कुनै थप टिप्पणी गर्न आवश्यक नरहेको उल्लेख गर्दै ‘घामझैं छर्लङ्ग’ रहेको बताए ।

‘फागुन २१ गतेको निर्वाचनमा जनताले हामीलाई सानो आकारमा खुम्च्याएका छन् । यसको कारण खोज्न वडा तहसम्म छलफल गरेर कार्यदलले प्रतिवेदन तयार पारिसकेको छ,’ उनले भने, ‘सो प्रतिवेदन अब केन्द्रीय कमिटीमा प्रश्तुत हुनेछ । सफल र असफल भएको कुरा त घामझैं छर्लङ्ग छ, यसमा मैले बोलिरहनु पर्दैन, जनताले देखिरहेका छन् ।’

यसैगरी, राजनीतिक विश्लेषक भरत दाहालको पक्राउ प्रकरणमा टिप्पणी गर्दै सांसद राईले लोकतन्त्रमा नागरिकले आफ्ना कुरा लेख्न र बोल्न पाउनुपर्ने भन्दै सरकारले गरेको गिरफ्तारीको विरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?