News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग ३–० ले पराजित हुँदै १२औं स्थानमा रह्यो ।
- जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार ११औं स्थानको खेलमा मंगोलियाले नेपाललाई २५–२३, २५–१७ र २५–१३ ले हरायो ।
- नेपालले ५ खेलमा एक मात्र जित निकाल्दै जापान, इन्डोनेसिया, हङकङ र मंगोलियासँग पराजय भोग्यो ।
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ ।
जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो ।
मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्यो ।
५ खेलमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । समूह चरणमा जापान र इन्डोनेसियासँग पराजित भएको नेपालले ९ देखि १४औं स्थानका लागि भएको खेलमा कजाखस्तानलाई पराजित गरेको थियो ।
त्यसपछि हङकङ र मंगोलियासँग पराजित हुन पुग्यो ।
प्रतिक्रिया 4