+
+
Shares

ग्रिनल्यान्ड र डेनमार्कसँग सुरक्षा सम्झौतामा ट्रम्पले गरे हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको कार्यक्रमका क्रममा ग्रिनल्यान्डसम्बन्धी सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते २१:५५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको कार्यक्रमका क्रममा ग्रिनल्यान्डसम्बन्धी सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभाको मुख्य सभाकक्षमा आफ्नो सम्बोधन सकेलगत्तै ट्रम्पले डेनमार्कका नेता र अर्धस्वायत्त क्षेत्र ग्रिनल्यान्डका नेतासँग उक्त सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा हस्ताक्षरपछि ट्रम्पले भने, ‘यो दीर्घकालीन र उत्कृष्ट सम्बन्ध हुनेछ ।’

यसअघि ट्रम्पले ग्रिनल्यान्ड बलपूर्वक कब्जा गर्ने अभिव्यक्ति दिँदै आएका थिए । जसको विरोधमा युरोपेली देशहरू उत्रिएका थिए ।

पछिल्लो समय ग्रिनल्यान्डमा अमेरिकी सेनाको सुरक्षा रहनेगरी यो सम्झौता भएको हो । ग्रिनल्यान्ड डेनमार्कको अधिनस्थ भूमि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?