+

एसियन गेम्स : टेबलटेनिस मिक्स्ड डबल्समा रुबिन–इभाना दोस्रो चरणबाट बाहिरिए

२०८३ असोज  ७ गते ८:०७ २०८३ असोज ७ गते ८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियाली खेलकुदको टेबलटेनिस मिक्स्ड डबल्समा रुबिन महर्जन र इभाना थापाको जोडी हङकङका यिउ क्वान टो र एनजी विङ लामसँग ३–० ले पराजित भएर बाहिरियो ।
  • टोयोटास्थित स्काइ हलमा मंगलबार भएको खेलमा हङकङले ११–२, ११–६ र ११–७ ले सोझो सेट जित्दै अन्तिम १६ मा स्थान बनायो ।
  • रुबिन र इभानाको जोडीले यसअघि पाकिस्तानका मोहम्मद खान र कलसुम खानलाई ३–० ले हराएर दोस्रो चरणमा प्रवेश गरेको थियो ।
  • महिला सिंगल्समा इभानाले आजै प्रतिस्पर्धा गर्नेछिन् भने उनले नविता श्रेष्ठसँग वुमन्स डबल्समा बिहीबार खेल्नेछिन् ।

७ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको मिक्स्ड डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापाको जोडी दोस्रो चरणबाट बाहिरिएको छ ।

जापानको टोयोटास्थित स्काइ हलमा मंगलबार भएको खेलमा नेपाली जोडी हङकङका यिउ क्वान टो र एनजी विङ लामसँग ३–० को सोझो सेटमा पराजित भयो ।

हङकङको जोडीले खेल ११–२, ११–६ र ११–७ ले आफ्नो पक्षमा पार्दै अन्तिम १६ मा स्थान बनायो ।

रुबिन र इभानाको जोडीले मंगलबार पाकिस्तानका मोहम्मद खान र कलसुम खानको जोडीलाई ३–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका थिए ।

टेबलटेनिसको महिला सिंगल्समा आजै दिउँसो इभानाले प्रतिस्पर्धा गर्दै छिन् भने इभाना र नविता श्रेष्ठको जोडीले वुमन्स डबल्समा बिहीबार प्रतिस्पर्धा गर्नेछन् ।

२०औं एसियन गेम्स एसियन गेम्स टेबलटेनिस टेबलटेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय