+

टेबलटेनिस महिला सिंगल्स : नविता पनि पहिलो चरणबाटै बाहिरिइन्

२०८३ असोज  ७ गते १०:१३ २०८३ असोज ७ गते १०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठ पहिलो चरणमै चाइनिज ताइपेइकी चेन सु–युसँग ४–१ ले पराजित भइन्।
  • नविताले पहिलो गेम ११–९ ले जिते पनि चेनले लगातार चार गेम ११–४, ११–४, ११–० र ११–३ ले जितिन्।
  • महिला सिंगल्समै नेपालकी इभाना थापा पनि पहिलो चरणबाटै बाहिरिएकी छन्, अब महिला डबल्समा इभाना र नविताको जोडीले प्रतिस्पर्धा गर्नेछ।

७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएकी छन् ।

स्काइ हल टोयोटामा बुधबार भएको खेलमा नविता चाइनिज ताइपेइकी चेन सु–युसँग ४–१ को सेट स्कोरमा पराजित भइन् ।

नविताले पहिलो गेम ११–९ ले जित्दै खेलमा राम्रो सुरुवात गरेकी थिइन् । तर त्यसपछि लगातार चार गेम गुमाउँदै उनी प्रतियोगिताबाट बाहिरिइन् ।

चेनले दोस्रो गेम ११–४, तेस्रो ११–४, चौथो ११–० र पाँचौं गेम ११–३ ले जितिन् ।

यसअघि महिला सिंगल्समै नेपालकी इभाना थापा पनि पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

अब महिला डबल्समा इभाना र नविताकै जोडीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

२०औं एसियन गेम्स एसियन गेम्स टेबलटेनिस नविता श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय