+
+
Shares

विराज र समीरलाई केन्द्रमा राखिएको ‘१२ गाउँ २’ फिल्मको टिजरमा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदर्शन तयारीमा रहेको फिल्म ‘१२ गाउँ २’ को एक्सन दृश्यले भरिएको टिजर युट्युबमा सार्वजनिक भएको छ ।
  • झन्डै २ मिनेटको टिजरमा विराज भट्ट र समीर भट्टलाई केन्द्रमा राखिएको छ भने अनुपविक्रम शाहीको संक्षिप्त झलक मात्र छ ।
  • सरस्वती भट्ट निर्मातृ रहेको फिल्म दशैंको अवसरमा ३० असोजदेखि देशव्यापी प्रदर्शनमा आउँदै छ ।

काठमाडौँ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘१२ गाउँ २’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । एक्सन दृश्यले भरिपूर्ण यो टिजरले कथावस्तुबारे भने उति खुलाएको छैन ।

समग्रमा झन्डै २ मिनेटको यो टिजर विराज भट्ट भर्सेस समीर भट्ट हो । यी दुईलाई केन्द्रमा राखेर टिजर बनाइएको छ । शीर्ष भिलेन बताएका अनुपविक्रम शाहीको संक्षिप्त झलक मात्र यसमा छ । उनी टिजरमा ओझेलमा छन् ।

टिजरले अपहरणबाट युवतीलाई मुक्त गराउन नायकले खलपात्रसँग गरेको संघर्षलाई कथावस्तुको रुपमा चित्रण गरिएजस्तो बुझ्न सकिन्छ । यद्यपि, फिल्मको कथासार यही हो भनेर संकेत गरिएको छैन ।

पटकथा सन्तोष सरकारले लेखेका हुन् भने छायाङ्कन महेश पौडेलको छ । सरस्वती भट्ट निर्माता रहेको फिल्म दशैंको अवसरमा ३० असोजदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।

यो फिल्मबाट अभिनेत्रीको रुपमा काफिया शाही र वर्षा इटनीले घरेलु फिल्ममा डेब्यू गरेका छन् । यी दुई पात्रलाई समेत टिजरमा छायाँमा राखिएको छ । फिल्ममा सुनील पोखरेल, कालु राना, खुसी कार्की लगायतको पनि अभिनय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?