+
+
Shares

सञ्चारकर्मी सापकोटा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेढ दशकदेखि सञ्चारकर्ममा सक्रिय सुमन सापकोटालाई राजु परियार र चन्द्रमणी गौतमले सम्मान गरेका छन्।
  • सापकोटाले यसअघि ‘गीत–संगीत कला पत्रकारिता सम्मान–२०७९’ र ‘नीलकृष्ण जशोदा युवा पत्रकारिता शीर्ष सम्मान–२०८०’ पाएका थिए।
  • कार्यक्रममा बिशु गुरुङ र मेलिना राईको स्वरमा रहेको लोकगीत ‘मुग्लिङ बजारमा’ विमोचन गरिएको थियो।

८ असोज, काठमाडौं । सञ्चारकर्मी सुमन सापकोटा सम्मानित भएका छन्। डेढ दशकदेखि सञ्चारकर्ममा सक्रिय सापकोटालाई लोक स्वर सम्राट राजु परियार तथा राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले सम्मान गरेका हुन्।

महक रेकर्डिङ स्टुडियोका सञ्चालक यमन खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा राजु परियार प्रमुख अतिथिका रूपमा सहभागी थिए।सञ्चारकर्मी सापकोटाले यसअघि तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०७९ पनि प्राप्त गरेका थिए। उनले ‘गीत–संगीत कला पत्रकारिता सम्मान–२०७९’ पाएका हुन्।

त्यस्तै, काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित चौथो जिनियस म्युजिक अवार्ड–२०७९ मा सापकोटालाई ‘पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो। सापकोटा अमेरिकाको नर्दन क्यालिफोर्नियास्थित नीलकृष्ण जशोदा सिटौला फाउन्डेसनबाट ‘नीलकृष्ण जशोदा युवा पत्रकारिता शीर्ष सम्मान–२०८०’ बाट समेत सम्मानित भइसकेका छन्।

एभिन्यूज टेलिभिजन, गोर्खा एफएम, रेडियो देशान्तर, देशान्तर डटकम, सूत्र न्युज तथा ओएस नेपाललगायत सञ्चारमाध्यममा काम गरिसकेका सापकोटा पछिल्लो एक दशकदेखि व्यवस्थापिका संसद् रिपोर्टिङमा सक्रिय छन्।
साथै उक्त कार्यक्रममा गायक तथा प्रस्तुतकर्ता बिशु गुरुङ र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ लोकगीत ‘मुग्लिङ बजारमा’पनि विमोचन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?