अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजना हुने राजकीय रात्रिभोजको मेनु सार्वजनिक गरेकी छन् ।
ह्वाइट हाउसका अनुसार रात्रिभोजको मेनुमा अमेरिकी सामग्रीलाई चिनियाँ खानाको हल्का प्रभावसँग संयोजन गरिएको छ । यसले दुवै देशका पाक परम्परालाई एकै ठाउँमा प्रस्तुत गर्ने प्रयास गरिएको ह्वाइट हाउसले जनाएको छ ।
रात्रिभोजको सुरुवात सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र चीनका प्रधानमन्त्री चाउ एनलाईले बेइजिङमा गरेको ‘टोस्ट टु पीस’लाई स्मरण गर्दै ‘विथ अ टोस्ट अफ स्क्राम्बस्बर्ग (ब्ल्यान्क डे नोइर)बाट गरिनेछ ।
पहिलो परिकार
- पहेँलो फर्सीको भेलुटे
- जंगली च्याउको फ्रिकासी
- क्रिस्पी पान्सेटा
- हरियो प्याजको तेल
दोस्रो परिकार
- तिलले लेपन गरिएको सी बास
- ब्रेज गरिएको बेबी बोक चोय
- रोस्ट गरिएको गार्डेन एगप्लान्ट
- सस भेर्ट
डेजर्ट
- भेनिला क्रेम्यु र ह्वाइट हाउस हनी आइसक्रिम
- ओखरको फ्राङ्गिपेन
- सावर चेरी कनफिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4