+
+
Shares

ठाउँठाउँमा पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ८:०१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ।
  • चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सडक बन्द रहनेछ।
  • प्रशासनले बन्दका कारण सोहीअनुसार यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

९ असोज, काठमाडौं । लगातारको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको हो।

सवारी आवागमन बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।

हेर्नुहोस् सूचना :

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?