+
+
Shares

बीपी राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन धुलिखेलमा ‘होल्ड’

बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षापछि बाढी र पहिरोले बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेल चोकमा सबै सवारीसाधन होल्ड गरिएको छ।
  • जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीका अनुसार काठमाडौंबाट पूर्वतर्फ जाने सवारी धुलिखेलमा होल्ड गरिएको छ।
  • नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ चारसयवेशी, रोशी–८ गिम्दीवेशी र रोशी–११ माम्तीमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

९ असोज, काभ्रेपलाञ्चोक । अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधनहरू धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ ।

वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशीले विभिन्न स्थानमा सडक कटानगरेपछि राजमार्ग अवरुद्ध छ ।

बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए ।

उनका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ भने चौकीडाँडामा रोशी खालाले डाइभर्सन कटान गरेको छ ।

अहिले पनि वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने भएकोले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

राजमार्गको काभ्रेभञ्ज्याङ र भकुण्डेमा समेत सवारी होल्ड गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?