News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्यालबिसौनामा लेदोसहितको पहिरो खस्दा रिडी–तम्घास सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
- जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी भीमकिरण बोगटीले शुक्रबार राति करिब ९:४५ बजे पहिरो खसेको बताए ।
- पहिरो हटाउन इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ।
१० असोज, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्यालबिसौनामा पहिरो खसेपछि रिडी–तम्घास सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
शुक्रबार राति करिब ९:४५ बजे लेदोसहितको पहिरो खसेर मदन भण्डारी राजमार्गको सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीले बताए ।
पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ ।
पहिरो हटाउन इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । टोलीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4