+
+
Shares

बाराको तीननम्बर पुल नजिक ट्रकको ठक्कबाट स्कुटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते ७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ तीननम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालक ३५ वर्षीय योगेन्द्र मगरको मृत्यु भएको छ।
  • हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले गएराति ११ बजे बागमती प्रदेश ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।
  • प्रहरीले ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

१० असोज, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ तीननम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई गएराति ११ बजे पछाडिबाट ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक मोरङका ३५ वर्षीय योगेन्द्र मगरको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?