+
+
Shares

पहिरोले सन्धिखर्क ढोरपाटन सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १२:३५

१० असोज, अर्घाखाँची । अविरल वर्षाका कारण पहिरो गएपछि सालझन्डी, सन्धिखर्क ढोरपाटन सडक खण्ड अबरुद्ध भएको छ ।

सालझन्डी, सन्धिखर्क ढोरपाटन सडक खण्ड अन्तर्गत मालारानी गाउँपालिका–५ को भण्डार–छरछरे क्षेत्रमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको मालारानी ५ का वडा अध्यक्ष तिलक मिश्रले बताए ।

लगातारको वर्षासँगै सडकमा पहिरो खसेपछि यातायात आवागमन ठप्प भएको हो। सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधनलाई समस्या भएको छ।

तत्कालका लागि यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वर्षा अझै जारी रहेकाले सडक आसपास थप पहिरोको जोखिम हुन सक्ने भन्दै यात्राका क्रममा आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।

-प्रेमनारायण आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?