+
+
Shares

कृष्णभिरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो साढे १२ बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा आएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग दिउँसो साढे १२ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ।
  • बेनिघाट रोराङ–७ का वडाध्यक्ष कुमार बस्नेतले थप पहिरो नगए आजबाट नियमित सञ्चालन हुने बताए।
  • बिहीबार राति ढुंगासहितको पहिरोले अस्थायी डाइभर्सन समेत बगाउँदा राजमार्ग रातभर बन्द भएको थियो।

१० असोज, काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो साढे १२ बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा आएको जानकारी दिए ।

उनका अनुसार, तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ । थप पहिरो नगएको खण्डमा आजबाट नियमित बाटो सञ्चालनमा आउने उनले बताए ।

बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द भएको थियो ।

गत भदौ १४ गते कृष्णभिर क्षेत्रको सडक भासिएपछि डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो । सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको थियो ।

यद्यपि अहिले बाटो एकतर्फी सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?