+
+
Shares

‎कोशीको पानी तिलाठी कोइलाडीका १७ घरमा पस्यो

‎गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार, घरमा पानी पसेपछि सुत्केरीसहित प्रभावित परिवार अग्लो कोशी बाँधमा बसेका छन् ।‎

‎लोकेन्द्र यादव ‎लोकेन्द्र यादव
२०८३ असोज १० गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन्।
  • प्रभावितमध्ये चार जना सुत्केरी महिला छन् र परिवार अग्लो कोशी बाँधमा बसेका छन्।
  • तिलाठी कोइलाडी–४ स्थित सशस्त्र प्रहरीको टिकुलिया बेस क्याम्पमा पनि कोशीको पानी पसेपछि डीआईजी विष्णुप्रसाद भट्टले स्थलगत निरीक्षण गरेका छन्।

१० असोज, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावितमध्ये चार जना सुत्केरी महिला रहेको गाउँपालिकाले जनाएको छ ।‎

‎गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार, घरमा पानी पसेपछि सुत्केरीसहित प्रभावित परिवार अग्लो कोशी बाँधमा बसेका छन् ।‎

‎उनका अनुसार वडा नं. ४ को टिकुलिया खंग टोलमा बौवालाल खंग, हरिलाल खंग, बद्री खंग, रजिया देवी खंग, सुकराती खंग, चनाइ खंग, लक्ष्मण खंग, राजकुमार खंग, धर्मी खंग, जलेश्वर मुखिया र अखलेश मुखियाको घरमा पानी पसेको छ ।

‎त्यस्तै वडा नं. ५ मा भरत मण्डल, महेश साह, सियाराम मुखिया, गंगाराम मुखिया, मन्टुन मुखिया र बेचु मुखियाको घर प्रभावित भएको झाले जानकारी दिए ।‎

‎यसैबीच तिलाठी कोइलाडी–४ स्थित सशस्त्र प्रहरीको टिकुलिया बेस क्याम्पमा समेत कोशीको पानी पसेको छ। बेस क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश बाहिनी मुख्यालय बर्दिबास, महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले स्थलगत निरीक्षण गरेका छन् ।‎

‎सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यम कृष्ण थापाका अनुसार कोशीमा पानीको बहवा उच्च भएकोले कोशी छेउछेउमा पानी बढेको अहिले विस्तारै पानी घटने क्रममा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?