+
+
Shares

जोखिम बढेपछि जोगबुडा नदी किनारका २४ परिवार सुरक्षित स्थानमा सरे

भारी वर्षाका कारण कञ्चनपुरका महाकाली, जोगबुडा, चौधर, सुनवरा, दोदा, भुजेला, झरनाखोला, अनखोलालगायतका नदी तथा खोलामा जलसतह बढेको छ ।

केशव भट्ट केशव भट्ट
२०८३ असोज १० गते १४:३९

१० असोज, कञ्चनपुर । कञ्चनपुरमा लगातारको वर्षाले नदी आसपासका बस्तीमा जोखिम बढेको छ । जोखिम बढेसँगै दोधारा–चाँदनी नगरपालिका–८ जोगबुडा नदीको किनारमा रहेको जर्का टोलका १० परिवार घर छाडेर सुरक्षित स्थानमा सरेका छन् ।

उनीहरू सरसामानसहित जनज्योति माध्यमिक विद्यालयमा आश्रय लिन पुगेका हुन् । दुई दिनदेखि लगातार वर्षा भएपछि जगबुडा नदी आसपासका बस्तीमा जोखिम बढेको हो ।

यसअघि दोधारा–चाँदनी नगरपालिका–३ पटेराखल्लाका १४ परिवार पनि वडा कार्यालय र जमुना आधारभूत विद्यालयमा सरेका थिए ।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार भारी वर्षाका कारण महाकाली, जोगबुडा, चौधर, सुनवरा, दोदा, भुजेला, झरनाखोला, अनखोलालगायतका नदी तथा खोलामा जलसतह बढेको छ ।

‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुरमा आवश्यक तयारी गरेका छांै,’ प्रजिअ कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?