News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको हनुमाननगर कङ्कालिनी र तिलाठी कोइलाडीमा बाढी पस्दा ५०० घर डुबानमा परेर दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।
- हनुमाननगर कङ्कालिनी–५, ७, १२ र १३ का ४८३ तथा तिलाठी कोइलाडी–४ र ५ का १७ घर बाढीले डुबानमा पारेका छन्।
- नगर प्रमुख वीरेन्द्र माझीले भने, 'बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ ।'
११ असोज, सप्तरी । लगातारको वर्षाका कारण सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन् ।
शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए ।
उनले भने, ‘बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ ।’
-रासस
प्रतिक्रिया 4