News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ को कृष्णभिरमा लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
- बेनीघाट रोराङ गाउँपालिका-१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध रहेको छ।
- प्रहरीका अनुसार अन्य स्थानमा पनि साना पहिरो खसेका छन् र ती ठाउँमा सडक एकतर्फी सञ्चालनमा छ।
११ असोज, काठमाडौं । धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर र बेनीघाट रोराङ गाउँपालिका-१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध रहेको छ ।
बेनीघाट रोराङ गाउँपालिका-७ का अध्यक्ष कुमार बस्नेतका अनुसार अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकोले कृष्णभिरमा पूर्णरूपमा सडक अवरुद्ध रहेको छ ।
उनले भनेका छन्, ‘नयाँ ट्र्याक खोल्ने क्रममा प्लास्टिकले छोपिएको भागबाट वर्षाका कारण लेदोसहितको पहिरो खसिरहेको छ । लेदोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा बन्द छ । गाडी चलाउन सक्ने अवस्था छैन ।’
प्रहरीका अनुसार अन्य विभिन्न स्थानमा पनि स-साना पहिरो खसेको र ती ठाउँहरूमा सडक एकतर्फी सञ्चालनमा रहेको डीएसपी प्रकाश दाहालले बताए ।
प्रतिक्रिया 4