+
+
Shares

पहिरोले अरनिको राजमार्गको धुलिखेल-खावा खण्ड पूर्णरुपमा अवरूद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ९:५४

११ असोज, काभ्रेपलाञ्चोक । पहिरोले अरनिको राजमार्गको धुलिखेल–खावा खण्ड पूर्णरुपमा अवरूद्ध भएको छ ।

अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको धुलिखेल ८ जिपलाoन नजिकै सडक माथीबाट ढुंगामाटो सहितको पहिरोका कारण पूर्णरुपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डिएस्पी रविन विष्टले जानकारी दिए ।

पहिरो खसेसँगै सडकमा सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको छ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने जोखिमसमेत रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?