+
+
Shares

हावाहुरीले पर्साको ठोरीमा दुई घरमा क्षति

हावाहुरीले पर्साको ठोरी गाउँपालिकामा दुई वटा घरको जस्ताको छाना उडाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हावाहुरीले पर्साको ठोरी गाउँपालिका-५ सुवर्णपुर आठघरेमा कान्छा डुमजन र मन लाल दोङको घरको जस्ताको छाना उडाएको छ ।
  • मध्यरातिको हावाहुरीले डाँडाभाटासहित छाना उडाएको वडाध्यक्ष अष्ट लोप्चनले जानकारी दिए ।
  • पीडित परिवारलाई स्थानीय सरकारले आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने उनले बताए ।

११ असोज, काठमाडौं । हावाहुरीले पर्साको ठोरी गाउँपालिकामा दुई वटा घरको जस्ताको छाना उडाएको छ ।

ठोरी गाउँपालिका-५ सुवर्णपुर आठघरेमा स्थानीय कान्छा डुमजन र मन लाल दोङको घरको डाँडाभाटासहित जस्ताको छाना गए मध्यरातिको समयमा आएको हावाहुरीले उडाएको वडाध्यक्ष अष्ट लोप्चनले जानकारी दिए ।

हावाहुरीले क्षति पुर्‍याएको पीडित परिवारलाई आवश्यक क्षतिपूर्ति स्थानीय सरकारबाट उपलब्ध गराउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?