+
+
Shares

सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सञ्चालनमा आयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १०:१४

११ असोज, स्याङ्जा । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाका विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ ।

पुतलीबजार नगरपालिकास्थित तिनधारे, बसपार्क, बर्जा र बगालथोक सडकखण्डमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक प्रहरी टोलीले पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।

पहिरो हटाएर उक्त सडकखण्ड सुचारु गराएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

त्यस्तै, गल्याङ नगरपालिका–३ चिन्नेपानीस्थित सिद्धार्थ राजमार्गमा पनि सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरो हटाएपछि उक्त सडकखण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा आएको अवस्थीले बताए ।

अविरल वर्षाका कारण अन्य स्थानमा समेत पहिरो खस्न सक्ने जोखिम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?