+
+
Shares

पर्वतमा कालीगण्डकीको बाढीले २५ घर बगे

बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १०:४६
Photo Credit : Nepal Police

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीगण्डकी नदीको बहाव बढेर पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा बस्तीमा पसेपछि २५ घर बगेका छन् ।
  • आइतबार बिहान करिब ८ बजे भएको घटनामा करिब ८० घरमध्ये बाँकी घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ ।
  • घटनामा मानवीय क्षति नभएको र सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

११ असोज, काठमाडौं । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो । उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।

घटनामा हालसम्म मानवीय क्षति भएको भने छैन । बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन । घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?