+
+
Shares

‘नेपाल कलिङ’ नारासहित नाट्टा हेरिटेज रन २०२६ सम्पन्न

४७औं विश्व पर्यटन दिवसमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यक्रम आयोजना गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व पर्यटन दिवसका अवसरमा नाट्टाले आयोजना गरेको ‘नाट्टा हेरिटेज रन २०२६’ ६ किलोमिटर दौड बसन्तपुर दरबार स्क्वायरबाट सुरु भएर पाटन दरबार स्क्वायरमा सम्पन्न भएको छ ।
  • नाट्टाले यो दौडमार्फत काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने प्रयास गरेको जनाएको छ ।
  • पुरुषतर्फ रविन्द्र रावत प्रथम, सलमान शेख द्वितीय र शेरबहादुर शाही तृतीय भए भने महिलातर्फ सुजिना रामदाम प्रथम भइन् ।

११ असोज, काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा ‘नाट्टा हेरिटेज रन २०२६’ सम्पन्न भएको छ ।

४७औं विश्व पर्यटन दिवसमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यक्रम आयोजना गरेको हो । ६ किलोमिटर दौड बसन्तपुर दरबार स्क्वायरबाट सुरु भएर पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको थियो ।

दौडमार्फत काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने प्रयास गरिएको नाट्टाले जनाएको छ । यस दौडमा पुरुषतर्फ रविन्द्र रावत प्रथम भए । द्वितीय सलमान शेख र तृतीय शेरबहादुर शाही बने । महिलातर्फ सुजिना रामदाम प्रथम, सुमित्रा तामाङ द्वितीय र संग्रिला श्रेष्ठ तृतीय बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?