+
+
Shares

धनकुटामा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ९:५८

१२ असोज, धनकुटा । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार धनकुटा नगरपालिका–१, हिलेस्थित सिताराम श्रेष्ठको पाँचतले घरको अन्डरग्राउन्ड कोठामा तास खेलिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख, प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका वडा नं. १ का ४४ वर्षीय मगरसहित ५२ वर्षीय मोहनबहादुर वि.क., ४५ वर्षीय रमेश राई, ३८ वर्षीय सविन तामाङ र ५३ वर्षीय रमेश भण्डारी रहेका छन् ।

त्यस्तै, धनकुटा नगरपालिका वडा नं. २ का ३२ वर्षीय दिपेन्द्र मगर, धनकुटा नगरपालिका वडा नं. १० का ५० वर्षीय रमेश कार्की तथा महालक्ष्मी नगरपालिका वडा नं. ८ का ३६ वर्षीय रामकाजी वि.क. पनि नियन्त्रणमा परेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले १ लाख १४ हजार ५ सय ५० रुपैयाँ नगद, चार बुङ खुला तास तथा विभिन्न अंक लेखिएका ११९ वटा गोटी बरामद गरेको जनाएको छ । बरामद गोटीमध्ये ५ अंक लेखिएका ५९ वटा, २० अंक लेखिएका २० वटा, ५० अंक लेखिएका २० वटा र ५०० अंक लेखिएका २० वटा रहेका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरु तथा बरामद सामग्री जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक रञ्जितकारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?