+
+
Shares

उत्तरी हुम्लामा भारी हिमपात, नारा र न्यालु सडक अवरुद्ध

नरजन तामाङ नरजन तामाङ
२०८३ असोज १२ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा तीन दिनदेखिको वर्षासँगै भारी हिमपात हुँदा नाम्खा-६ को न्यालु लेक र नाम्खा-५ नारा लेख बन्द भएका छन्।
  • नाम्खा-६ का तिल, जाँङ र हल्जी आउजाउ बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।
  • हिमपातले खेतबारीको तरकारी खेती ढाकिएको छ, चौरी घर ल्याउन नसकिएको छ र लिमी-लाप्चा जाने आन्तरिक तथा बाह्य पर्यटक प्रभावित भएका छन्।

१२ असोज, हुम्ला । तीन दिनदेखि परेको अविरल वर्षासँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका भारी हिमपात भएको छ।

हिमपातसँगै नाम्खा गाउँपालिका-६ को न्यालु लेक र वडानम्बर ५ को नारा लेक सडक बन्द भएको हो ।

नाम्खा गाउँपालिका-६ को लिमीका तिल, जाँङ, हल्जी आउजाउ गर्न बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। यसपटक हिउँदको समयभन्दा धेरै ३ फिट हिउँ जमेको वडाध्यक्ष तामाङले बताए।

गाउँको खेतबारीमा लगाइएको तरकारीलगायतको खेती हिउँले ढाकेको छ ।

हिमपातले वनमा रहेका चौरीहरू पनि घर ल्याउन नसकिएको र पहिरोको डरले आफूहरु सामुदायिक भवनमा सुरक्षित भएर बसेको वडाध्यक्ष तामाङको भनाइ छ ।

न्यालु लेख बन्द भएसँगै लिमी-लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत समस्यामा परेका छन् ।

 

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?