+
+
Shares

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कविहीन

जडीबुटी संकलन गर्न गएका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना सम्पर्कविहीन भएका छन् । उनीहरू एक हप्तादेखि सम्पर्कविहीन भएको आफन्तले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:४५

१२ असोज, हुम्ला । जडीबुटी संकलन गर्न गएका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना सम्पर्कविहीन भएका छन् । उनीहरू एक हप्तादेखि सम्पर्कविहीन भएको आफन्तले बताएका छन् ।

सम्पर्कविहीन हुनेहरूमा स्थानीय बलिवान बोहरा, जुन बोहरा, गोरासिँह भण्डारी, धनपुरी भण्डारी, धनमानसिँह बोहरा, पिउली बोहरा, पुन्न बोहरा, नर भण्डारी, खिम भण्डारी, लक्ष्मी बोहरा रहेको स्थानीयले बताएका छन् ।

उनीहरू हुम्लाकै खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–५ को सीमामा गर्ने वनमा जडीबुटी संकलनका गएका थिए । तर, उनीहरू एक हप्तादेखि सम्पर्कमा नआएको स्थानीय ग्वामसिँह भण्डारीले जानकारी दिए ।

आफन्तले खोज तथा उद्वारका लागि स्थानीय प्रशासन, प्रदेश र संघ सरकारलाई जानकारी गराएको पनि उनले बताए ।

उनीहरू सम्पर्कविहीन भएको खबर आएलगत्तै अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाइँले जानकारी दिए ।

यसबारे प्रदेश सरकार र गृहमन्त्रालयमा पनि जानकारी गराउने काम भइरहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?