+
+
Shares

१६ गतेदेखि हुने कांग्रेसको महाधिवेशन केही दिन सर्ने

कांग्रेस १५औं महाधिवेशन असोज १६-१९ गतेका लागि तय भएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १८:३१

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन मिति केही दिन सर्ने भएको छ। कांग्रेस १५औं महाधिवेशन असोज १६-१९ गतेका लागि तय भएको थियो।

एक शीर्ष पदाधिकारीका अनुसार बाढी पहिरोका कारण महाधिवेशन प्रतिनिधिहरूको समस्यालाई ध्यानमा राख्दै केही दिन सार्न लागिएको हो।

‘महाधिवेशन केही दिन सर्नेछ। ५-६ दिनभन्दा बढी नसार्ने गरी कुरा भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘बाढि-पहिरोका कारण बाटोको समस्या छ । मान्छेका घर बगेको छ। बाटो बगेको छ। काठमाडौं आउने बाटो छैन । यो बेलामा मान्छेको ज्यान भन्दा कांग्रेसको अधिवेशन ठूलो हुँदैन।’

अहिले कांग्रेस अधिवेशन १९ गतेदेखि सुरु गर्ने कि २१ गतेदेखि भन्नेबारे नेताहरू छलफलमा छन्।

कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विवाद जारी छ। संस्थापन समूहले केही दिन मिति सार्ने तयारी गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा समूह भने आगामी मंसिर २१-२३ गतेदेखि महाधिवेशनको तयारीमा जुटेको छ।

संस्थापन समूहले अहिले देशभर वडा, क्षेत्रको अधिवेशन गरिरहेको छ। देउवा समूहले भने वडा अधिवेशन यही असोज १५ गते गर्दैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?