+
+
Shares

पर्वतमा सुक्खा पहिरोले घर पुरिँदा एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ९:२५

१३ असोज, काठमाडौं । पर्वतमा सुक्खा पहिरो खसेर घर पुरिँदा एक जना घाइते भएका छन् ।

जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आत्माराम आचार्य घाइते भएका हुन् ।

आज बिहान करिब साढे ५ बजे ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा उनी घरमा च्यापिएर घाइते भएका हुन् ।

घरभित्र च्यापिएको अवस्थामा उद्धार गरी उनलाई उपचारका लागि म्याग्दीस्थित बेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

आँखाको माथिल्लो भाग र टाउकोमा चोट लागेका आचार्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?