+
+
Shares

सिरहाबाट साढे  १६ लाख बराबरको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते ९:३३

१३ असोज, सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १६ लाख ५० हजार ४ सय ६३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार सोमबार विभिन्न सीमा इलाकाबाट भारततर्फ लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध सामान बरामद गरिएको हो।

बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्ती, कस्मेटिक सामग्री, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा, चस्मा, मोटर पार्ट्स, चकलेट, फोटो फ्रेम तथा औषधिलगायत रहेका छन्।

बरामद गरिएका सामान नियमानुसार सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

एसपी थापाका अनुसार २०८३ साउन र भदौ महिनामा मात्रै सिरहाका विभिन्न सीमा क्षेत्रबाट करिब २ करोड ९५ लाख रुपैयाँ बराबरका अवैध चोरी–निकासी तथा पैठारीका सामान बरामद गरी भन्सार दाखिला गरिएको थियो।

त्यस्तै, असोज ११ गतेसम्म करिब ५३ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?