+
+
Shares

कांग्रेस महामन्त्री पौडेल काठमाडौं-५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १०:१०

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । १५औं महाधिवेशनका लागि उनी काठमाडौं-५ बाट प्रतिनिधि चयन भएका हुन् ।

यस्तै, सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

उपसभापति विश्वप्रकाश शर्मा झापा-१ मा मतदानमार्फत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

कांग्रेसको महाधिवेशन यही असोज १६ गतेका लागि तय भएको थियो तर बाढीपहिरोका कारण केही दिन पछि सार्ने तयारी गरिएको छ ।

संस्थापनइतरको शेरबहादुर देउवा समूहले पनि मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?