१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति सदस्य आङ्गेलु शेर्पाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शेर्पाले आसन्न १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने अनलाइनखबरसँग बताए । अघिल्लो केन्द्रीय समितिमा रहेका शेर्पा विशेष महाधिवेशन पछिको समितिमा पनि छन् ।
पार्टीमा विशेष महाधिवेशनको माग भइसकेपछि पार्टीमा तत्कालीन संस्थापन र इतरलाई मिलाउन शेर्पाले समन्वयकारी भूमिका खेलेका थिए । शेर्पा सोलुखुम्बु निवासी हुन् ।
महाधिवेशन नजिकिएसँगै पदाधिकारीमा उम्मेदवार घोषणा गर्ने क्रम बढेको छ । केन्द्रीय सदस्य प्रतिमा गौतमले सहमहामन्त्रीमा उम्मेदवार दिने घोषणा गरेकी छन् ।
विशेष महाधिवेशन पक्षधर गौतम पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको समितिमा पनि केन्द्रीय सदस्य थिइन् । गौतम विद्यार्थी संगठन हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी हुन् । उनी पद्म कन्या क्याम्पसको स्ववियू पूर्व अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया 4