+
+
Shares

न्यान्सीको ‘अक्षरा’ २३ असोजदेखि प्रदर्शनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १३:४५

काठमाडौँ । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘अक्षरा’ को नयाँ प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म २३ असोजदेखि प्रदर्शनमा आउनेछ ।

निर्माताले मंगलबार पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेका हुन् । यसअघि यो फिल्म २६ भदौ र २४ मंसिरमा पनि आउने तयारीमा थियो । अहिले भने, नयाँ प्रदर्शन मिति तय भएको हो ।

विनयराज पौडेल निर्देशित यो फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र पाएको छ ।

अभिभावकले छोरीको चाहनाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा चलचित्र आधारित छ ।

‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्मित यस चलचित्रको मुख्य भूमिकामा सुशील सिटौला र न्यान्सी खड्का छन् । सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ ।

सोनी थापा प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा निर्माता उग्रसेन ढुङ्गाना स्वयंको हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?