+
+
Shares

पूर्वीभारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १७:०९

१३ असोज, नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै जाँदा बाढीको जाखिमको पूर्वानुमानमा पूर्वीराज्य ओडिसाको तल्लो क्षेत्रबाट कम्तिमा एक लाख ४० हजार मानिसलाई सुरक्षित आश्रयमा सारिएको रिपोर्ट गरेका छन् ।

राजस्व तथा विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीले सरकारले ओडिसाको तल्लो क्षेत्रबाट एक लाख ४० हजार मानिसलाई उद्धार गरेको घोषणा गरेका छन् । हिराकुड बाँधबाट अतिरिक्त पानी छोडेपछि घना जनसङ्ख्या भएको तटीय क्षेत्रहरू हुँदै बग्ने महानदीमा बाढी आएको अधिकारीले बताए ।

यो बाढी भारतका विभिन्न भागलाई असर गर्ने गम्भीर मौसमी बाढी सङ्कटको एक भाग हो भने केरला राज्यले भारी मनसुन वर्षा र पाहाडी क्षेत्रमा पहिरोका कारण विनाशकारी बाढीको सामना गरेको छ ।

यो वर्ष दोहोरिएको ढाँचा असम र गुजरातजस्ता अन्य राज्यमा एकै साथ बाढीको छालसँगै आएको छ । यसले विगतका वर्षमा देखिएको नोक्सानको पुनरावृत्ति रोक्न पूर्वाधार र विपद् व्यवस्थापन प्रणालीमा निरन्तर दबाब दिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?