+
+
Shares

दार्चुला अस्पताल भवनको निर्माण कार्य पुस मसान्तमा सम्पन्न गर्ने तयारी 

अपाङ्गमैत्री, लिफ्टसहितको अत्याधुनिक सुविधासम्पन्न भवनको हालसम्म ६५ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तिय प्रगति भएको छ ।

रासस रासस
२०८३ असोज १३ गते २१:२३

१३ असोज, दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवनको निर्माण कार्य तीव्र भएको छ । आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको हो ।

‘पछिल्लो समय भवन निर्माणलाई तीव्र रूपमा अगाडि बढाइएको छ,’ सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका इन्जिनियर विशाल श्रेष्ठले भने, ‘चौथो तलाको ढलानको तयारी भइरहेको छ, असोज तेस्रो साताभित्र ढलान भइसक्नेछ ।

अपाङ्गमैत्री, लिफ्टसहितको अत्याधुनिक सुविधासम्पन्न भवनको हालसम्म ६५ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तिय प्रगति भएको छ ।

‘अहिले भुइँतला र पहिलो तल्लाको भित्री भागमा काम भइसकेको छ भने दोस्रो र तेस्रो तलामा काम भइरहेको छ’, उनले भने ।

नेपाल सरकारले सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत २०७८ साल असार २४ गते श्यामसुन्दर गोर्खा, वाईआर जेभीसँग निर्माणको ठेक्का सम्झौता भएको थियो ।

कुल २६ करोड ४८ लाख २७ हजार ४०४ रुपैयाँको लागतमा बन्ने उक्त भवन २०८१ असार २३ गते सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि पुन:म्याद थप गरी आगामी पुस मसान्तसम्मको समय तोकिएको छ ।

थपिएको समयसीमाभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले कामलाई गति दिएको इन्जिनियर श्रेष्ठले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?