+
+
Shares

गृहमन्त्रालयद्वारा आठ सहसचिव तथा उपसचिवको सरुवा, कहाँ को ?

गृहमन्त्रायले आठ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते २१:५६

१३ असोज, काठमाडौं । गृहमन्त्रायले आठ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रायलयको सोमबारको निर्णयअनुसार यो सरुवा तथा पदस्थापन भएको हो ।

जसमा रामेछापमा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) रहेकी विनु बज्राचार्य कुँवरलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, प्युठानको प्रजिअ रहेका शान्ति राज प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय सिरहाको प्रजिअमा सरुवा गरिएको छ ।

गृहमन्त्रालयमा रहेका सहसचिव मोतीराम सापकोटालाई जिल्ला प्रशासन कार्यालय गुल्मीमा पदस्थापन गरेर प्रजिअ बनाइएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रजिअ रहेका जनार्दन गौतमलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

उता गृहमन्त्रालयमै रहेका सहसचिव तुलसीबहादुर श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय डोटीको प्रजिअमा पदस्थापन गरिएको छ ।

डोटीको प्रजिअ रहेकी कल्पना घिमिरे नेपाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै गृहमन्त्रालयमा रहेका उपसचिव भक्तिराम मरासिनीलाई अर्घाखाँचीको सहायक प्रजिअमा पदस्थापन गरिएको छ ।

अर्घाखाँचीको सहायक प्रजिअ रहेका नेत्रप्रसाद घिमिरेलाई गृहमन्त्रालय सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?