+
+
Shares

नेविसंघ अध्यक्ष कटुवाल महाधिवेशन प्रतिनिधि निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ८:०७

१४ असोज, धनकुटा । नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष करुणा कटुवाल गृह जिल्ला धनकुटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्।

युवा खुल्लातर्फ कटुवालले सर्वाधिक ६९० मत प्राप्त गरिन्। युवा खुल्लातर्फ एक मतदाताले बढीमा दुई जनालाई मत दिन पाउने व्यवस्था थियो।

कटुवालसँगै दोस्रो स्थानमा रहेका गोविन्द लिम्बू पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। लिम्बूले ३०५ मत प्राप्त गरे। कटुवालले लिम्बूभन्दा ३८५ मत बढी पाएकी छन्।

युवा खुल्लातर्फ क्रान्तिराज पौडेलले २४३, चिरञ्जीवी कोंग्रेनले १८४ र अभिनव गुरागाईंले १३९ मत प्राप्त गरेका छन्।

गृह जिल्लामा कटुवालले युवा खुल्लातर्फ सबैभन्दा बढी मत प्राप्त गरेकी हुन्। मतदानमा सहभागी प्रतिनिधिमध्ये करिब ७० प्रतिशतले उनलाई मत दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?