+
+
Shares

दोधारा-चाँदनी झोलुङ्‍गे पुलमा आवतजावत रोकियो, मर्मतपछि मात्र खुलाइने

पुलको केही भागमा फलामका पाताहरू अस्वाभाविक रूपले माथि उठेको पाइएपछि आवाागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ८:२०

१४ असोज, धनगढी । एसियाकै दोस्रो लामो कञ्चनपुरको दोधारा-चाँदनी झोलुङ्‍गे पुलको आवागमन रोकिएको छ ।

पुलको केही भागमा फलामका पाताहरू अस्वाभाविक रूपले माथि उठेको पाइएपछि आवाागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।

दोधारा-चाँदनी नगरपालिकालाई कञ्चनपुर सदरमुकामसँग जोड्ने पुलको केही भागमा फलामका पाता नट, बोल्ट फुत्किएर माथितिर उठेको पाइएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।

उनकाअनुसार अहिले झोलुङ्‍गे पुल भएर हिँड्ने दुई पांग्रे सवारी साधन र पैदल यात्रीलाई आउजाउमा पूर्ण रूपमा बन्देज लगाइएको छ । पुलको मर्मत सम्भार गरेपछि मात्रै आवागमन सुचारु गरिने प्रहरीले जनाएको छ ।

महाकाली नदीमाथि बनेको यो पुल एसियाकै दोस्रो लामो पुल हो । यसको लम्बाइ १ हजार ४५२ दशमलव ९६ मिटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?