१४ असोज, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ ठाडोखोलामा आएको बाढीले ४८ वटा बाख्रा बगाएको छ । भोटखोला–४ का नवीन गुरुङको खोरमा रहेका ४८ वटा बाख्रा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।
उनका अनुसार ठाडोखोला नजिकै पुल मुनि बनाइएको खोरमा राखिएका बाख्रा बाढीले बगाएको हो ।
घटनाको जानकारी पाएलगत्तै मंगलबार स्याक्सिलागोला प्रहरी टोली घटनास्थलमा खटिएको थियो । बाढीले ठूलो संख्यामा बाख्रा बगाएपछि लाखौं रुपैयाँ क्षति भएको प्रहरीले अनुमान गरेको छ ।
घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4