१४ असोज, काठमाडौं । एसियन गेम्सको जुडोमा नेपालका चार खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
महिला ५२ केजी तौल समूहमा देवकी माया श्रेष्ठ इलिमिनेसन राउन्ड अफ १६ मा भियतनामकी थि नगान हासँग पराजित भइन् । हाले युकोमार्फत जित निकालिन् ।
महिला ४८ केजी इलिमिनेसन राउन्ड अफ १६ खेलमा निशा श्रेष्ठ हङकङकी वङ का लीसँग पराजित भइन् ।
त्यस्तै पुरुष ६६ केजीमा विशेष विक हङकङका वङ का कीसँग इलिमिनेसन राउन्ड अफ ३२ मा वाजाआरीको आधारमा पराजित भए ।
यस्तै, पुरुष ६० केजीमा विकास विक उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग राउन्ड अफ १६ मा इप्पोनको आधारमा पराजित भए ।
अब नेपालबाट महिला ७० केजीमुनि पुनम श्रेष्ठ र पुरुष ९० केजीमूनि सुजन गुरुङको प्रतिस्पर्धा बाँकी छ ।
प्रतिक्रिया 4